+
+

हिमालय रि-इन्स्योरेन्सलाई आईपीओ जारी गर्न उच्च अदालतले खोलिदियो बाटो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १७:२३

२६ मंसिर, काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्न लागेको विषयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न बाटो खुलेको छ ।

न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यस मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न रोक्नुपर्ने मागसहित हरिबहादुर केसीले २२ मंसिरमा उच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालय रि-इन्स्योरेन्सलाई विपक्षी बनाइएको थियो । यसअघि सर्वोच्च अदालतमा दर्ता भएको यस्तै प्रकृतिको रिटमा पनि अन्तरिम आदेश जारी भएको थिएन ।

हिमालयन रि-इन्स्योरेन्सले बुधबारदेखि अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?