+
+
Shares

अर्थमन्त्रीको निर्देशनपछि आईपीओ निष्कासन अनुमति दिइँदै, प्रिमियममा नदिइने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १८:३०

२१ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई अब क्रमशः स्वीकृति दिइने भएको छ ।

रमेशकुमार हमाल कार्यकाल सकिएर बाहिरिएसँगै अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि आईपीओ निष्कासन स्वीकृतिको काम रोकिएको थियो ।

तर, अर्थमन्त्री वर्षमान पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न भनेसँगै बोर्डले तयारी गरेको छ ।

सम्भवत यसै साता बोर्ड बैठक बसेर प्रक्रिया पूरा गरेका र अंकित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई स्वीकृति दिन सकिने बोर्डका कार्यकारी निर्देशक तथा निमित्त प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

‘कुनै कैफियत नदेखिएका, बक्यौता नरहेका, प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासन स्वीकृति दिने काम नरोक्नुस् भनेर अर्थमन्त्रीले निर्देशन दिइसक्नुभएको छ, सोही अनुसार अब बोर्डले स्वीकृतिको काम अघि बढाउँछ,’ कार्यकारी निर्देशक अधिकारीले अनलाइनखबरसँग भने ।

अधिकारीका अनुसार प्रिमियममा आईपीओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् ।

हाल धितोपत्र बोर्डमा कुल ३५ कम्पनीले आईपीओ अनुमति माग गर्दै स्वीकृति पर्खाइमा छन् । जसमध्ये पाँच कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न अनुमति मागेका छन् ।

जगदम्बा स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, ह्याम्स हस्पिटल र रिलायन्स स्पिनिङ मिल्स (बुक बिल्डिङ) ले प्रिमियममा आईपीओ जारी गर्न अनुमति मागेका छन् । यी पाँच कम्पनीले तत्काललाई अनुमति पाउने छैनन् ।

‘सम्भवत शुक्रबारसम्म बोर्ड बैठक बसेर केही कम्पनीलाई स्वीकृति दिइने छ,’ अधिकारीले भने, ‘सार्वजनिक लेखा समितिले दिएका निर्देशन पालना गर्दै स्वीकृति दिइने छ ।’

पाइपलाइनमा हाइड्रोपावर क्षेत्रका कम्पनी अधिक छन् । उत्पादन तथा प्रशोधन क्षेत्रका पाँच, अन्य समूहका नौ, हाइड्रोपावर समूहका १७, होटल तथा पर्यटन समूहका दुई, लगानी समूहको एक र माइक्रोफाइनान्स समूहको एक कम्पनी छन् ।

कुल ११ अर्ब ४७ करोड ८७ लाख ५३ हजार ७ सय रुपैयाँको ७ करोड ४६ लाख ४७ हजार ५ सय ३७ कित्ता सेयर अनुमति पर्खाइमा छ ।

यी हुन् आईपीओ पर्खाइमा रहेका कम्पनी :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?