+
+

रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट माघ १० देखि आईपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १०:०१

माघ २, काठमाडौं । बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि आईपीओ जारी गर्ने भएको छ । बिक्री प्रबन्धक ग्लाेबल आईएमई क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि १० गतेदेखि आईपीओ जारी गर्न लागिएको जनाएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको हो । बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।

पहिलो चरणमा संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा बोलकबोल आवेदन दिनेछन् । संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मका लागि बोलकबोल गर्नेछन् । सोही बोलकबोलका आधारमा कटअफ मूल्य तय हुनेछ । कटअफ मूल्यको १० प्रतिशत न्यूनतम मूल्यमा सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

इटहरीमा यस कम्पनीको धागो कारखाना सञ्चालनमा छ । कम्पनीले सो धागो देशभरका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्ने तथा भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको जनाएको छ ।  गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष प्रक्षेपण गरिएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?