+
+

निर्मल पुर्जाबाट प्रेरित भएर नाइकीले ल्यायो पोशाक सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १८:४१

काठमाडौं । विश्वचर्चित ब्रान्ड नाइकीले नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)बाट प्रेरित भएर पोशाकको नयाँ सिरिज ल्याएको छ । ‘नोक्टा एट-के पिक्स अपरेल कलेक्सन’ नाम दिइएको यो सिरिज हालै बजारमा सार्वजनिक गरिएको हो ।

निर्मल पुर्जा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल विश्व रेकर्डसहित आरोहण गर्ने आरोही हुन् । साथै हिउँदमा माउन्ट केटू आरोहण गर्नेलगायत अनेक विश्व रेकर्ड उनको नाममा छ । उनले ४३ वटा सबैभन्दा अग्ला र खतरनाक हिमाल आरोहण गरेका छन् ।

सन् २०१९ मा पुर्जाले ६ महिना ६ दिनमा डेथजोन भनेर चिनिने विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरी विश्व रेकर्ड राखेका थिए । उनले १० जनाको नेपाली आरोहीको समूहको नेतृत्व गर्दै बर्बर हिमाल भनेर चिनिने माउन्ट केटूको पहिलोपटक हिउँदमा आरोहण गरेका थिए । त्यसबेला सबै आरोहीले माउन्ट केटूमा काँधमा काँध मिलाएर हिंड्दै नेपालको राष्ट्रिय गान गाएको पनि नाइकीले उल्लेख गरेको छ ।

पृथ्वीको सबैभन्दा चिसो र चरम वातावरणमा निम्सदाइले प्राप्त गरेका उपलब्धिहरूबाट प्रेरित भएर नाइकीले ल्याएको नयाँ कलेक्सनमा जाडोका लागि आउटवेयर र अन्य पोशाक समावेश रहेको जनाएको छ ।

‘मैले मेरा शेर्पा दाजुभाइसँग मिलेर प्राप्त गरेका उपलब्धिहरुलाई नाइकीको यो सिरिजले पहिचान दिलाएकोमा मैले सम्मानित अनुभूति गरेको छु । मेरो लक्ष्य भनेको संसारलाई प्रेरित गरिरहनु हो । संसारका मानिसहरुलाई ठूला सपना देख्न र केही पनि असम्भव छैन भन्ने देखाउनु हो,’ पुर्जाले भने, ‘मानवजाति अद्भूत काम गर्न सक्षम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?