+
+

एनिभर्सरी कप स्क्वासमा सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १३:०७

२७ मंसिर, काठमाडौँ । उमित शाक्य बुधबार छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराएर एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाएका छन् ।  यस नतिजासँगै पुरुष एकलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

एक दिनअघि नेपालका शीर्ष वरियताप्राप्त खेलाडी अरहन्तकेशर सिंह, अमिर ब्लोन र दीपक थापाले पनि अन्तिम चारमा स्थान बनाइसकेका छन् ।

अब सेमिफाइनलमा उमितले अरहन्त र अमिरले दीपकसँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी महिला एकलमा गत एसियाडमा खेल्ने दुई खेलाडी विपना ब्लोन र स्वस्थानी श्रेष्ठसँगै धकमाया पाइजा पुन विजयी भए ।

विपनाले साक्षी कुँवरलाई ११–३, ११–३, ११–७, स्वस्थानीले अस्मिता नगरकोटीलाई ११–५, ११–८ र ११–८ तथा धकमायाले युनी ताम्राकारलाई ११–७, ११–४ र ११–३ ले पराजित गरे ।

ब्वाइज यु-१९ मा विकास तुम्सिङ मगरले हेलिस घिसिङलाई ११–१, ११–२, ११–४, रोहन परियारले सञ्जय श्रेष्ठलाई ११–६, ११–३, ११–६ र राकेश परियारले किशोर श्रेष्ठलाई पाँच सेटमा ८–११, ११–३, ११–१, ५–११, ११–४ ले पराजित गरे ।

गर्ल्स यु-१९ मा रचना प्रजाले दोहारो जित हात पारिन् । रचनाले युनीलाई ११–५, ११–६ र आग्या सुनुवारलाई ७–११, १२–१०, ११–६ ले हराइन् । अन्य खेलमा साक्षीले मिलियाना कुँवरलाई ११–१, ११–० र अर्पणा प्रजाले नियुक्ति श्रेष्ठलाई ११–५, ११–१ ले पराजित गरे ।

नेपाल स्क्वास र्‍याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वास भएको हो । एक्स स्टेपको प्रायोजन रहेको यो प्रतियोगिता मङ्सिर २९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु-१९, गर्ल्स यु-१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?