+
+

नेपाली फिल्म ‘परस्त्री’ हिन्दी भाषामा एमएक्स प्लेयरमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते ११:२८

काठमाडौँ । नेपाली फिल्म ‘परस्त्री’को हिन्दी संस्करण ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । भारतीय ओटीटी प्लाटफर्म एमएक्स प्लेयरमा बिहीवार स्ट्रिमिङ सुरु भएको निर्देशक सुरज पाण्डेले बताए ।

नेपाली हलमा यसैवर्ष रिलिज भएको यो थ्रीलर फिल्मलाई अब संसारभरका दर्शकले इन्टरनेटमा हेर्न सक्ने बताए । शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको यो फिल्मको प्राविधिक पक्षको प्रशंसा भएको थियो ।

‘नेपाली फिल्म भारतीय ओटीटीबाट रिलिज हुनु बजार विस्तारको हिसाबले निकै राम्रो कुरा हो । अब हामीले प्रदर्शनका माध्यमहरु पहिल्याउनु जरुरी छ’ निर्देशक पाण्डेले भने । उक्त ओटीटी प्लाटफर्म भारतमा धेरै हेरिनेमध्ये पर्ने उनले बताए ।

निर्माताले छायांकनको बेलादेखि यसलाई नेपाली र हिन्दी भाषामा निर्माण गरेका थिए । यो फिल्ममा अलिशा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको पनि अभिनय छ । यो फिल्मलाई डीएस डिजिटलले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?