+
+

विभिन्न मन्त्रालय र निकायका सचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते २१:१५

२८ मंसिर, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायहरुमा सचिव सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।

पर्यटनमा कोशी प्रदेशका प्रमुख सचिव दीपक काफ्ले सरुवा भएका छन् । साउन २०७९ मा सचिव भएका उनी पहिलो पटक सचिवका रुपमा सिंहदरबार प्रवेश गर्दैछन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिँचाइ सचिव गोपाल सिग्देल सोही मन्त्रालयको ऊर्जा सचिवमा सरुवा भएका छन् । अरु पनि केही सचिव सरुवाको सूची तय भए पनि केही मिलाउनुपर्ने भन्दै  विवरण  सार्वजनिक गरिएको छैन । खानेपानी मन्त्रालयका सचिव रामआधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाउने तयारी छ । सतर्कता केन्द्रका सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

सिँचाइ सचिवको जिम्मेवारी जल तथा ऊर्जा आयोगमा रहेका सुशीलचन्द्र तिवारीलाई दिने तयारी गरिए पनि टुंगो लागेको छैन । स्रोतका अनुसार जल तथा ऊर्जा आयोगमा सरिता दवाडीलाई पठाउने तयारी छ ।

शहरी विकास मन्त्रालयमा समेत सचिव फेरिन सक्ने प्रधानमन्त्री तथा मन्त्रिपिरषद कार्यालय स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?