+
+

गुगलमा यस वर्ष सर्वाधिक खोजिए फिल्म ‘बार्बी’ र गायिका शकिरा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १२:५०

काठमाडौं । यदि गुगलको वर्ष समीक्षालाई विश्वास गर्ने हो भने सन् २०२३ ठूला फिल्म र सेलिब्रिटीको मृत्युको वर्ष थियो ।

‘बार्बी’ र ‘ओपेनहाइमर’ यस वर्ष गुगलमा धेरै खोजिने फिल्म बने । फुटबल खेलाडीहरु केलियन एमबाप्पे र ह्यारी केनलाई धेरै खोजियो भने शकिरा संगीतमा धेरै खोजिने सेलिब्रेटी बनिन् ।

यी खोजी अघिल्लो वर्षको तुलनामा बढी खोजिएको वृद्धिको आधारमा बीबीसीले उल्लेख गरेको हो । पुतलीमार्फत नारी जागरणको कथावस्तु भनिएको फिल्म ‘बार्बी’ र परमाणु बमको आविष्कारबारेको फिल्म ‘ओपेनहाइमर’लाई इन्टरनेट प्रयोगकर्ताले एकपछि अर्कोगरी गुगलमा व्यापक खोजे ।

यी दुवै फिल्मले विश्व बक्स अफिसमा उछाल कमाइ गरे । १.४ बिलियन डलर कमाउँदै ‘बार्बी’ यस वर्ष धेरै कमाउने फिल्म बन्यो ।

गायिका शकिरा यस वर्ष दुईपटक मिडिया हेडलाइन बनिन् । पहिलोपटक, जनवरीमा ल्याटिन अमेरिकामा युट्युब कीर्तिमान रच्ने काममा चर्चित बनिन् । पूर्व पार्टनर जेरार्ड पिकेबारे उनले रिलिज गरेको गीतले उनी चर्चित बनिन् ।

दोस्रोपटक, उनी स्पेनमा कर छलीको आरोप लागेपछि पुनः चर्चामा आइन् । उनले आरोपलाई अस्वीकार गरेकी छन् ।

‘बार्बी’ र ‘ओपेनहाइमर’मा उल्लेखनीय चासोको कारणले एउटा नयाँ शब्द ‘बार्बेनहाइमर’को सिर्जना भयो । एकै समयमा कति मानिसले यी फिल्मबारे कुरा गरिरहेका छन् भन्ने जान्न यी शब्दले मद्दत गर्‍यो । यी दुई फिल्म अहिले गोल्डेन ग्लोबको मनोनयनमा अग्रस्थानमा छन् ।

जब ‘बार्बेनहाइमर’ फिल्मको ठूलो सांस्कृतिक घटना बनिरहेको थियो । मानिसले ‘गार्डियन्स अफ द ग्यालेक्सी ३’ को पनि खोजी गरे । नवौं सबैभन्दा धेरै खोजिएको फिल्म ‘नेटफ्लिक्स स्पेसल बैंक अफ डेभ’ थियो । व्यापारी डेभ फिशविकबारेको यो आशावादी कथालाई दर्शकले रुचाए ।

अचम्मको कुरा, सन् २०२३ मा मानिसले मृत्यु भएकाको बारेको जानकारी खोजेका थिए । अक्टोबरमा ४२ वर्षको उमेरमा मृत्यु भएका फ्रान्सेली स्टार म्याथ्यु पेरी विश्वव्यापी धेरै खोजिनेमध्ये एक थिए । पेरीलाई ‘फलआउट : न्यु भेगास’मा उनको उपस्थितिका लागि गेमरले रुचाए ।

यी बाहेक फ्रेन्च फुटबल स्टार केलियन एमबाप्पे सन् २०२३ मा धेरै खोजिएका खेलाडी थिए । अगस्टमा बार्यन म्युनिखमा ८६.४ मिलियनभन्दा बढी पारिश्रमिकमा गएका बेलायती फुटबल स्टार केलियन एमबाप्पे पनि धेरै खोजिने सूचीमा देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?