+
+

रिभेरामा तेक्वान्दोको ७ पुसदेखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते ११:११

काठमाडौं  । रिभेरा इन्टरनेसनल एकेडेमीको आयोजनामा दोस्रो रिभेरा तेक्वान्दो च्याम्पियनसिप पुस ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सम्भावी स्कुल, नेपाल एभरेष्ट स्कुल, जुगलनवा गरुकुल, विज्ञान इङलिस स्कुल, दुर्गाभवनी एकेडेमी, डेफोडिल बोर्डिङ, बोधीसदन स्कुल, हिमशिखर स्कुल, टेक्सास स्कुल, कन्स्टिलेसन स्कुल, युनिभर्सल स्कुल, अरुनिमा एजुकेसन, गणेश हिमाल स्कुल र आयोजक रिभेरा एकेडेमीसहित १४ को सहभागिता रहने छ ।

जम्मा १ सय ८० खेलाडीले गेरोगी र पुम्सेमा गरी २८ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक स्कुलका प्रिन्सिपल प्रज्वल कोईरालाले जानकारी गराए ।

गेरोगीको पुरुष-महिलामा समान १०–१० तथा पुम्सेको पुरुष-महिलामा समान ४–४ स्पर्धामा खेल हुने रिभेराका तेक्वान्दो प्रशिक्षक अजय तामाङले जानकारी गराए ।

एकदिने प्रतियोगिताका खेलहरु चावहिलको मैजुबहालस्थित आयोजककै हातामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?