+
+

६ तेक्वान्दो खेलाडी अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिपका लागि छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते ७:१४

३ वैशाख, काठमाडौं । चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि आइतबार छनोट भएका छन् ।

ग्योरोगीमा ४ र एकल पुम्सेमा २ गरी ६ स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् ।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह–आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ६३–६८ केजीमा एनटीएका सुवासचन्द्र बोहरा पहिलो भए ।

उनले फाइनलमा एनटीएकै आयुश ढुंगेललाई पराजित गरे । पुरुष ५४–५८ केजीमा कोटेश्वरका एलिस ठकुरीले फाइनलमा आफ्नै डोजाङका मान्देव भाट क्षेत्रीलाई हराउँदै पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४६–४९ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी इशिका राणाले स्वर्ण जितिन् ।

इशिकाले फाइनलमा चन्द्रागिरिकी सुमित्रा बलामीलाई पाखा लगाइन् । महिलाको ५३-५७ केजीमा चन्द्रागिरीकी सलिना धामी पहिलो भइन् । सलिनाले फाइनलमा चन्द्रागिरीकै रचना कुमाललाई पन्छाइन् ।

एकल पुम्सेको पुरुषमा एनटीएका भिजन ताामाङ तथा महिलामा कोटेश्वरकी सन्ध्या लामा पहिलो हुँदै छनोट भए । छनोट भएका ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

एनटीए टिम च्याम्पियन

प्रतियोगितामा एनटीए टिम च्याम्पियन बन्यो । एनटीएले ११ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो । ९ स्वर्ण, ४ रजत र ३ कांस्यसाथ कोटेश्वर दोस्रो भयो ।

तेस्रो स्थानमा चित्त बुझाएको चन्द्रागिरिले ८ स्वर्ण, ६ रजत र ८ कांस्य प्राप्त गर्‍यो  । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको प्रशिक्षकमा मोतिलाल लामा तथा निर्णायकमा सारदा धिमाल उत्कृष्ट भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगिताका लागि आईओएफटीसीका निर्देशक दिवाकर महर्जन पनि अमेरिकाबाट नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?