+
+

सेयर बजारले नाघ्यो २ हजार अंक, ५ अर्ब बढीको कारोबार

यी हुन् १० प्रतिशत मूल्य बढेका १ दर्जन कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १५:२२

सेयर बजार साढे २ महिनापछि २ हजारभन्दा माथि पुगेको छ । असोज १० यता २ हजारअंकमुनि रहँदै आएको बजार आइतबार भने २०२२ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २७.७५ अंक बढेको हो ।

कारोबारको पहिलो १ घण्टा उच्च उतारचढाव देखिएको बजार अन्ततः बढेर बन्द भयो । कुल ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम पनि १३ असारयताकै उच्च हो । पुसदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर घटाउँदा बजारमा सकारात्मक प्रभाव परेको हो ।

कुल १८५ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ४ को स्थिर रह्यो । हाइड्रोपार क्षेत्रको सूचक सबैभन्दा धेरै ५.५ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ३ र विकास बैंक सूचक २.६ प्रतिशत बढे ।

अंकका आधारमा विकास बैंक १०४, फाइनान्स ३२, होटल तथा पर्यटन ८७, जलविद्युत् १२३, लगानी २, जीवन बीमा २४, उत्पादन ४९, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ११२ र अन्य समूह सूचक ३१ अंक बढे । ब्यापार ६ र बैंकिङ समूह भने ८ अंक घटे ।

बजार बढ्दा पनि हिमालयन लघुवित्तको ६.७ र मानुषी लघुवित्तको ३.९ प्रतिशत मूल्य घट्यो । धेरै सेयर कारोबार हुने ५ कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर, सोनापुर सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र अरुण काबेली क्रमशः अगाडि रहे ।

यी हुन् १० प्रतिशत मूल्य बढेका १ दर्जन कम्पनी :
१३ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढ्नेमा अधिकांश हाइड्रोपावर कम्पनी रहे । बोटलर्स नेपाल (बालाजु), रिडी पावर, शिवश्री पावर, बलेफी, दोर्दी, बुद्धभूमि हाइड्रोपावर, समाज लघुवित्त, भूगोल इनर्जी, रावा इनर्जी, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी छन् । युनियन हाइड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीको मूल्य करिब १० अर्थात् ९.९ प्रतिशत बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?