+
+

विवेककी बहिनी साक्षी प्रधानमन्त्री कप खेल्ने मधेशको टोलीमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १७:५५

१ पुस, काठमाडौं । राष्ट्रिय टिमका अलराउन्डर ब्याटर विवेक यादवकी बहिनी साक्षी यादवले मधेश प्रदेशबाट प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिता खेल्ने भएकी छिन् ।

दाजु जस्तै अलराउन्डर प्रदर्शन गर्ने क्षमता राख्ने साक्षीले मधेश प्रदेशमा भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक प्रदेशको टिममा स्थान बनाएकी हुन् ।

मधेशको टिममा सरस्वती चौधरी र राष्ट्रिय टिमकी अलराउन्डर पुजा महतो पनि छन् । पुजाले महोत्तरी जिल्लाको कप्तानी गर्र्दै छनोट खेलेकी थिइन् ।

यसवर्षको प्रधानमन्त्री कप पुस ५ गतेदेखि १७ गतेसम्म मूलपानी र त्रिवी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम (एपीएफ) गरि ८ टिमले सहभागिता जनाउनेछन् ।

पहिलो पटक राउन्ड रोबिन प्रणालीमा हुन लागेको प्रतियोगितामा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष ४ टिमले प्लेअफ खेल्नेछन् ।

मधेशको टिम :

कविता गौतम(कप्तान), अनुराधा चौधरी, अलिशा यादव, प्रतिमा शाह, साना प्रविन, सवनम खातुन, मिना महतो, पुजा महतो, साक्षी यादव, रोजी कडारी, भूमि सिंह, आरती महतो, सरस्वती चौधरी र चाँदनी खातुन ।

वैकल्पिक खेलाडीः

सीमा कुँवर, मोनिका शाह, अमिशा पटेल र अर्चना चौधरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?