+
+

टेलर स्वीफ्टको फिल्मलाई चीनमा प्रदर्शन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १२:४७

काठमाडौं । चीनले पपस्टार टेलर स्वीफ्टको कन्सर्टबारेको फिल्मलाई मुलुकमा प्रदर्शनको अनुमति दिएको छ । विश्वकै सबैभन्दा ठूलोमध्येको फिल्म बजारमा ‘टेलर स्वीफ्ट : द इरास टुर’ डिसेम्बर ३१ अर्थात नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको मुख्यभूमिमा रिलिज गर्ने निर्माताको लामो समयदेखिको प्रयासले मूर्तरुप लिएको हो । यो फिल्मले चीनबाहेक विश्व बजारमा २५० मिलियन डलर कमाइसकेको छ ।

स्वीफ्टलाई चीनमा समकालीन अमेरिकी संगीतकर्मीमध्ये सबैभन्दा लोकप्रिय मानिन्छ । इरास टुर फिल्मले चीनमा कति कमाउन सक्छ भन्ने कुरा चाहिं बेइजिङ उद्योगभित्रका विश्लेषकको बहसको विषय हो ।

स्वीफ्टको जन्मदिनमा डिसेम्बर १३ मा यो फिल्म अमेरिका लगायतको मुलुकका स्ट्रिमिङ प्लाटफर्ममा रिलिज भइसकेको छ । तर पाइरेसीको कारण चीनको टिकट बिक्री केही प्रभावित हुनसक्ने अनुमान छ ।

पश्चिमा मुलुकका सेलिब्रिटीलाई चीनमा स्थानीय निकनेमबाट चिन्ने गरिन्छ । टेलर स्वीफ्टलाई पनि चीनमा उनको ‘मेइमेइ’ उपनामबाट चिनियाँ दर्शकले चिन्छन् । चीनमा भने यो फिल्म परम्परागत माध्यमबाटै रिलिज हुनेछ । अमेरिकामा चाहिं एएमसी थिएटरले वितरक र प्रदर्शक दुवैको भूमिका निर्वाह गरेको थियो ।

चीनको इ–कमर्स कम्पनी अलिबाबा समूहको मनोरन्जन सहायक कम्पनी अलिबाबा पिक्चर्सले चीन रिलिजका लागि फिल्मको अधिकार प्राप्त गरेको छ । उक्त चिनियाँ कम्पनीले राज्य वितरक चाइना फिल्म ग्रुपसँगको साझेदारीमा फिल्म रिलिज गर्न लागेको हो ।

कोटा प्रणाली र कडा सेन्सर नीतिको कारण चीनमा विदेशी फिल्म रिलिजको लागि कठिन हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?