+
+

हिमालयन रिको आईपीओमा १६ लाख ६० हजारले दिए आवेदन, सबैले सेयर पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १७:४७

२ पुस, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । योसँगै कम्पनीको आईपीओमा आवेदन लिने कार्य सोमबार साँझ कार्यालय समयपछि बन्द भएको छ ।

कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ । गत बुधबारदेखि कम्पनीले आईपीओमा आवेदन खुलाएको थियो । १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार रितपूर्वक भर्नेजति सबैलाई यो कम्पनीको आईपीओ पर्नेछ । निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले सेयर दिएपछि बाँकी रहेको सेयरका लागि १० कित्ताभन्दा माथिको आवेदन दिनेलाई पुनः १० कित्ताकै दरले प्रदान गर्नुपर्नेछ ।

यदि सबै आवेदन रितपूर्वक भरिएको पाइएमा पनि हिमालय रिमा १६ लाख ६० हजारलाई १० कित्ताका दरले सेयर दिँदा १ करोड ६६ लाख कित्ता बाँडफाँट हुन्छ । बाँकी रहेको सेयर पुनः २० कित्ता वा सोभन्दा बढीको आवेदन दिएकालाई १० कित्ताका दरले वितरण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?