+
+
Shares

लिङ्देनलाई आन्दोलनको कमाण्डर तोक्ने राप्रपाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १२:१४

३ पुस, काठमाडौं । राप्रपाले आगामी फागुनदेखि गर्ने भनिएको आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने भएको छ ।

राप्रपाको केन्द्रीय समिति बैठक तीन दिनदेखि जारी छ । बैठकले निर्णय गर्नुअघि पदाधिकारीहरुबीच छलफल भएको थियो । एक पदाधिकारीका अनुसार आगामी फागुनदेखि काठमाडौं केन्द्रीय आन्दोलन गर्ने र त्यसको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नु उपुयक्त हुनेमा नेताहरुले जोड दिएका छन् ।

यसअघि कार्यसम्पादन समितिले महामन्त्री धवलशम्शेर राणालाई आन्दोलनको संयोजक तोकेको थियो । ‘आन्दोलनलाई उचाई दिन पार्टी अध्यक्षले नै नेतृत्व गर्नु उपयुक्त हुन्छ भन्ने मत आएको छ,’ ती पदाधिकारी भन्छन्, ‘केन्द्रीय समिति बैठक बसिरहेको छ, यसबारे आजै निर्णय हुन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?