+
+

भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेवानिका दुई कर्मचारी निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १४:४६

३ पुस, काठमाडौं । भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स (नेवानि) का दुई कर्मचारी निलम्बनमा परेका छन् ।

भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ ।

निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका कारण पक्राउ परेको मिति २५ मंसिरदेखि लागु हुने गरी पोखरेललाई निलम्बन गरेका हुन् ।

यसैगरी यादवलाई पक्राउ परेको मिति २७ मंसिरदेखि लागु हुने गरी निलम्बन गरिएको छ । उनीहरुको मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन जारी रहने वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्त सम्बन्धी नियमावलीको प्रावधान छ ।

भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?