+
+

फागुनमा आन्दोलन गर्न राप्रपाले बनायो लिङ्देनको अध्यक्षतामा समिति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १६:१८

३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।  मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ र सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहने राप्रपाले जनाएको छ ।

त्यस्तै पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता  तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन गरिएको छ ।

राप्रपाले मुलुकको बिग्रदो अर्थतन्त्र, बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्न लागेको हो ।

त्यस्तै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि दबाव सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?