+
+

मन्त्री किरातीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्न सांसद राणाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १२:२०

५ पुस, काठमाडौं । क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भनेकोमा संसदीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको आलोचना भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने बताए । बैठकमा किराती पनि उपस्थति थिए ।

‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो,’ राणाले बैठकमा मन्त्री किरातीलाई भने, ‘सरकारले तपाईंलाई के स्पष्टिकरण गर्नुपर्ने हो यो गर्नुहोला । समाजमा ठूलो द्वन्द्व फैलाउने कुरा गर्नुभएको छ । यसको जिम्मेवार सरकार र तपाईं हुनुहुनेछ ।’

मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो भन्दै विरोध गर्नेलाई हतकडी लगाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?