 
																			५ पुस, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले स्थानीय तहमा जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल नगरपालिका संघले आयोजना गरेको राष्ट्रिय शहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले स्थानीय तहमा जनसंख्याका आधारमा बजेट छुट्याउनुपर्ने बताएका हुन् ।
‘कुनै नगरपालिकाको जनसंख्या ६० हजार छ, कुनै नगरपालिकाको जनसंख्या २२ हजार छ, भन्दाखेरि २२ हजारले पनि त्यत्ति नै पैसा पाउँछ भने ६० हजारले पनि त्यत्ति नै पैसा पाउँछ, यो समानता भएन’ मन्त्री यादवले भने ।
यस्ता विषयमा विचार नपुर्याए विकास असन्तुलित हुने भन्दै मन्त्री यादवले विकास जनसंख्या र भूगोलका आधारमा हुनुपर्ने धारणा राखे । ‘देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्छ । नगरपालिकालाई स्वावलम्वन, आत्मनिर्भर बनाउने हो भने जनसंख्याको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ’, उनले भने ।
नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए । उनले संघीय सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने पनि बताए ।
अध्यक्ष ढुंगानाले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्नु नहुने धारणा राखे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4