+
+

महिला क्रिकेटमा कर्णालीमाथि कोशीको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १९:५३

५ पुस, काठमाडौं । कोशी प्रदेशका बलरहरु हावी भएपछि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ ।

मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित १६ ओभरमा ३३ रन मात्र बनाउन सकेको थियो ।

कर्णालीका कुनै पनि ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् । सबैभन्दा धेरै रन बनाउने कप्तान किरण कुँवर भइन् ।

उनले २७ बलको सामना गरेर ९ रन बनाएकी थिइन् । रश्मि खड्का ८ रनमा नट आउट रहिन् भने बिना थापा ८ रनमै आउट भइन् ।

कर्णालीका ब्याटरलाई दबाबमा राख्ने क्रममा कोशीका बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अप्सरी बेगले मात्र १२ रन दिएर ३ विकेट लिइन् । अलिशा खडियाले २ विकेट लिइन् भने ३ रन मात्र दिइन् । ३ ओभर बलिङ गरेकी सबनम राईले मात्र १ रन दिएर १ विकेट लिइन् । निशा शाहले ३ ओभरमा ९ रन दिएर १ विकेट लिइन् ।

२ ओभर बलिङ गरेकी संगिता राईले विकेट लिन नसके पनि मात्र ३ रन दिइन् ।

३४ रनको सामान्य लक्ष्य कोशी प्रदेशले बिना क्षति १९ बलमा भेट्टायो ।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले २५ तथा काजल श्रेष्ठले ५ रन बनाइन् ।

काठमाडौंमा आजदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?