+
+

ओस्कारको सर्टलिस्ट मनोनयनबाट नेपाल बाहिरियो, भुटान छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते ११:४६

काठमाडौं । दश विधामा यस वर्षको ओस्कार अवार्ड सर्टलिस्ट मनोनयन घोषणा भएको छ । नेपाली समयानुसार शुक्रबार बिहान सार्वजनिक भएको सूचीमा फिल्म ‘बार्बी’को दबदबा देखिएको छ ।

अन्तर्राष्ट्रिय फिचर विधाको प्रतिस्पर्धाबाट नेपाल बाहिरिएको छ भने भुटान लगातार दोस्रो वर्ष छनोट भएको छ । भारत पनि सूचीमा छनोट हुन सकेन । नेपालले ‘हल्कारा’लाई पठाएको थियो ।

समग्रमा ग्रेटा गेर्विग निर्देशित मेटा–कमेडी फिल्म ‘बार्बी’ सर्वाधिक पाँच विधाको सर्टलिस्टमा छ । जसमा ध्वनि, मौलिक ध्वनि र ओरिजिनल स्कोरका विधा छन् ।

मौलिक ध्वनिमा ‘बार्बी’का तीन गीत छनोट छन् । सार्वजनिक भएको सर्टलिस्ट विधामा डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट सब्जेक्ट, अन्तर्राष्ट्रिय फिचर, मेकअप एण्ड हेयरस्टाइलिङ, ध्वनि, ओरिजिनल स्कोर, ओरिजिनल सङ, एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म र भिजुअल इफेक्ट छन् ।

अन्तर्राष्ट्रिय फिचर विधामा अर्मेनियाको ‘अमेरिकास्ती’, भुटानको ‘द मंक एण्ड द गन’, डेनमार्क ‘द प्रमिस्ड ल्याण्ड’, फिनल्याण्डको ‘फलन लिभ्स’, फ्रान्सको ‘द टेस्ट अफ थिङ्स’, जर्मनीको ‘द टिचर्स लाउन्ज’ छन् ।

साथै आइसल्याण्डको ‘द गड्ल्याण्ड’, इटालीको ‘लो क्यापिटानो’, जापानको ‘पर्फेक्ट डेज’, मेक्सिकोको ‘टोडेम’, मोरक्कोको ‘द मदर अफ अल लाइज’, स्पेनको ‘सोसाइटी अफ द स्नो’, ट्युनिसियाको ‘फोर डटर्ज’, युक्रेनको ‘ट्वेन्टी डेज इन मारिउपोल’ र बेलायतको ‘द जोन अफ इन्ट्रेस्ट’ छन् ।

एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले ९६ औं ओस्कारको अन्तिम मनोनयन घोषणा चाहिं जनवरी २३ मा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?