+
+

‘भ्वाइस अफ नेपाल’मा अन्तिम आठ प्रतिस्पर्धी छनोट, बाहिरिए प्रशान्त र अश्विन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते ११:४८

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा अन्तिम आठको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट प्रशान्त शिवाकोटी र अश्विन राई प्रतिस्पर्धाबाट बाहिरिए ।

अन्तिम आठमा कोच प्रमोद खरेलको समूहबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बु, कोच मिलन नेवारको टीमबाट विनोद राई र ट्रिजा प्रधान, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र मोनिका राई, कोच उदय सोताङको टीमबाट कुमार प्रयास र विवेक बस्नेत पुगेका छन् ।

पछिल्लो साताको भोटिङमा कम मत ल्याएपछि प्रशान्त र अश्विन बाहिरिएका हुन् । अन्तिम आठमा छनोट भएकाहरुको भोटिङ खुला भएको जनाइएको छ । लाइभ राउण्ड निकै रोमाञ्चक देखिएको छ ।

चार फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीबाट शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?