+
+

भारतको सरकारले गर्‍यो कुस्ती संघलाई निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १२:२७
बृजभूषण सिंह (माला लगाउने) र सञ्जय सिंह ।

८ पुस, काठमाडौं । भारतको सरकारले नवनिर्वाचित भारतीय कुस्ती संघलाई निलम्बन गरेको घोषणा गरेको छ । साथै नवनिर्वाचित कार्यकारिणी विघटन गर्ने पनि घोषणा  भारतको खेलकुद मन्त्रालयले गरेको छ ।

कुस्ती संघको निर्वाचन पछि उसले गरेका सबै निर्णय पनि खारेज गरिएको छ ।  समाचार संस्था पीटीआईका अनुसार यो निलम्बन अर्को आदेश नभएसम्म कायम रहने छ ।

बीजेपीका सांसदसमेत रहेका संघका पूर्व अध्यक्ष बृजभूषण शरण सिंहमाथि ओलम्पिकसमेत खेलिसकेका महिला खेलाडीले यौन शोषणको आरोप लगाउँदै आएका थिए । उनलाई कारबाहीको माग राख्दै खेलाडीले प्रदर्शन पनि गरेका थिए । त्यसपछि संघ भित्र पारदर्शिता र जवाफदेहिताको अभाव रहेको पनि खुलेको थियो ।

तर केहीदिनअघिको चुनावी नतिजाले संघमा बृजभूषणको वर्चस्व पूर्ण रुपमा कायम रहेको स्पष्ट गरेको थियो । कुस्ती संघको सञ्चालक समितिमा १५ मध्ये अध्यक्ष सञ्जय सिंहसहित १३ जना बृजभूषण निकट नै चुनिए ।

त्यसपछि खेलाडी झनै निराश भए । उनीहरुले कुस्ती खेल्न छाड्ने घोषणा गरेर सरकराले दिएको सम्मानसमेत फिर्ता गरेका थिए । त्यसपछि सरकारले कुस्ती संघ विघटन गरेको हो ।

दुई दिनअघि सरकारलाई आफ्नो पद्मश्री पुरस्कार फिर्ता गरेका कुस्तीवाज बजरंग पुनियाले संघ विघटन गर्ने निर्णयप्रति खुशी व्यक्त गरेका छन् ।

उनले भने, ‘जुन पनि निर्णय भएको छ, यो एकदम सही निर्णय हो । हाम्रा दिदीबहिनी र छोरीहरूमाथि अत्याचार गर्नेहरूलाई महासंघबाट हटाउनु पर्छ ।’

साक्षी मल्लिक जो बृजभूषणमाथि यौन शोषणको आरोप लगाएर भएको आन्दोलनमा अग्रपंक्तिमा थिइन् । उनले संघको नयाँ नेतृत्व चयन भएपछि कुस्ती खेल्न छाडेको घोषणा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?