+
+

महिला क्रिकेटमा बागमतीद्वारा गण्डकी पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १७:३१

८ पुस, काठमााडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।

गण्डकीका अञ्जली विश्वकर्माले ३२ तथा सिमन केसी र सुमन खतिवडाले समान २८ रन बनाए र सुमन नट आउट रहिन् ।

बागमतीका कृष्मा गुरुङ, अस्मिना कर्मचार्य र मनिषा उपाध्यायले समान १ विकेट लिए ।

११३ रनको विजयी लक्ष्य बागमतीले १८.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

बागमतीलाई जिताउन उत्कृष्ट ब्याटिङ गरेकी यशोदा विष्ट ३९ रनमा नट आउट रहिन् । उनले ४१ बलमा ४ चौका प्रहार गरिन् ।

ओपनर हेलिशा गुरुङे २० रन बनाउँदै क्याच आउट भइन् । सोनी पाख्रिनले १७ रन बनाइन् ।

गण्डकीका लागि सृष्टि जैशीले सर्वाधिक २ र आकृति तिवारीले १ विकेट लिइन् ।

यो बागमतीको दोस्रो जित हो । यसअघि बागमतीले मधेश प्रदेशमाथि २८ रनको जित निकालेको थियो भने कोशी प्रदेशसँग ८ विकेटले पराजित भएको थियो ।

गण्डकीको भने यो दोस्रो हार हो । गण्डकीले शुक्रबार कर्णाली प्रदेशलाई हराएको थियो भने त्यसअघि पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?