+
+

डेडिकेटेड र ट्रकलाइन विवाद : प्राधिकरणले काट्यो थप उद्योगको बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १९:४६

८ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको विद्युत् महसुल बक्यौता नतिरेको भन्दै थप उद्योगहरुको बिजुलीको लाइन काटिदिएको छ ।

प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील उद्योग, त्रिवेणी स्पिनिङ मिल तथा अशोक स्टीलको बिजुलीको लाइन काटिएको हो । सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टीलको ६२ करोड बक्यौता बाँकी रहेको प्राधिकरणले दाबी गरेको छ ।  अन्य उद्योगहरुको पनि ५० करोड माथिको बक्यौता रहेको  दाबी गर्दै बिजुलीको लाइन काटिएको हो ।

प्राधिकरणले यसअघि शुक्रबार जगदम्बा स्टील, घोराही सिमेन्ट, रिलाइन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट गरी चार वटा उद्योगको विद्युत् लाइन काटेको थियो ।

शुक्रबारदेखि प्राधिकरणले बढी बक्यौता भएको उद्योगको लाइन काट्न सुरू गरेको हो । तर, डेडिकेटेड फिडर र ट्रंक लाइनको विषय अत्यन्तै विवादित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?