+
+
यू-१९ राष्ट्रिय बास्केटबल : :

गोल्डेनगेट, बूढानीलकण्ठ, सीसीआरटी र टाइम्स पुरुषको सेमिफाइनलमा, महिलामा बूढानीलकण्ठ र आईएसए फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते ८:००

९ पुस, काठमाडौं । समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित समृद्धि यू-१९ राष्ट्रिय बास्केटबलको पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगितामा आइतबार भएको क्वाटरफाइनल खेल जित्दै गोल्डेनगेट कलेज, बूढानीलकण्ठ बास्केटबल क्लब, सीसीआरसी कलेज र टाइम्स बास्केटबल क्लब सेमिफाइनल पुगेका हुन् ।

सोमबार हुने सेमिफाइनलमा अब बूढानीलकण्ठ र टाइम्स तथा गोल्डेनगेट र सीसीआरसीबीच खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रतियोगितामा आइतबार भएको पहिलो क्वाटरफाइनलमा गोल्डेनगेटदे स्नोल्याण्डलाई ८६-५५ ले हरायो । गोल्डेनगेटले चारै क्वाटर ( १७-१४, २८-१५ , १६-११, २५-१५) आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो क्वाटरफाइनलमा बूढानीलकण्ठले ग्रिनफिल्डललाई १००-८३ ले हरायो ।  बूढानीलकण्ठले सुरुवाती तीन क्वाटर ( २४-१९, ३५-२० , १८-१५ ) ले आफ्नो पक्षमा पारेको थियो भने अन्तिम क्वाटरफाइनलमा २३-२९ ले पछि परेको थियो ।

तेस्रो क्वाटरफाइनलमा सीसीआरसीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८-७४ ले हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो क्वाटर कीर्तिपुरले २४-२१ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो क्वाटरमा २५-१४ ले आफ्नो पक्षमा पार्दै सीसीआरसीले हाफटाइममा ४६-३८ को अग्रता लियो । तेस्रो क्वाटर फेरि कीर्तिपुरले १८-१४ ले आफ्नो पक्षमा पार्‍यो । त्यसबेला सम्म कीर्तिपुर ६०-४६ को अघि थियो । अन्तिम क्वाटरफामा दुवैले समान १८ अंक स्कोर गरेपछि त्यही अग्रता कायम राख्दै कीर्तिपुर चार अंक अन्तरले विजयी भएको हो ।

यस्तै टाइम्सले आईएसएलाई ७५-५५ ले हरायो । पहिलो क्वाटरफाइनलमा टाइम्स १७-११ ले पछि पारेको थियो । तर त्यसपछिका तीन क्वाटरमा टाइम्स क्रमश: २६-१२, १९-१२ , १९-१४ ले अघि रहँदै खेल जित्न सफल भएको हो ।

टाइम्सका लागि सिमोन गुरुङले सर्वाधिक ३८ अंक स्कोर गरे ।

महिलातर्फ आईएसए र बूढानीलकण्ठ फाइनलमा

महिलातर्फ पनि बूढानीलकण्ठको टिमले उत्कृष्ट प्रदर्शन कायम राख्दै फाइनल यात्रा तय गरेको छ । आइतबार भएको खेलमा यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको आईएसएलाई ४६-२७ ले पराजित गर्दै बूढानीलकण्ठले फाइनलमा स्थान बनाएको हो ।

यस्तै आफ्नो अन्तिम लिग खेल हारेपनि आईएसए बूढानीलकण्ठसँगै फाइनल पुगेको छ ।

महिलातर्फ ५ टोली मात्र सहभागी रहेको सिंगल राउण्ड रोविन लिगमा खेल भइरहेको छ र शीर्ष दुई टिम फाइनल पुग्ने प्रावधान छ ।

बूढानीलकण्ड र आईएसएको समान ६ अंक छ । आईएसएले लिगको चारवटै खेल खेलिसकेको छ भने बूढानीलकण्ठले एक खेल खेल्न बाँकी छ ।

अब महिलातर्फ सोमबार अन्तिम लिग खेल हुनेछ । जसमा बूढानीलकण्ठले जेभिएर इन्टरनेसनल कलेजसँग खेल्नेछ ।

यस्तै महिलातर्फ आइतबारै भएको अर्को खेलमा भ्याली पब्लिक स्कुलले गोल्डेनगेटलाई ५३-४० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?