+
+
नेपाल सुपर लिग २०२३ :

तथ्यांकमा पोखरा र धनगढीको पहिलो क्वालिफायर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते ९:२३

९ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ सोमबारदेखि प्ले-अफ चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन् ।  दशरथ रंगशालामा बेलुकी साढे पाँच बजे हुने खेलसँग जोडिएका तथ्यांक यस्ता छन् ।

१. यो खेल यसपल्टको ३७औं र समग्रमा ६१औं खेल हुनेछ ।

२. यो यस संस्करणको प्रतियोगिताको पहिलो क्वालिफायरका रूपमा पहिलो प्ले-अफ खेल रहेको छ । प्रतियोगिताको इतिहासमा यो समग्रमा चौथो प्ले–अफको खेल हो ।

३. पोखरा लिग चरणको समाप्तीमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरका लागि छनोट भएको हो । पोखरा पहिलोपल्ट यो चरण खेल्दैछ । वर्ष ०७८ को पहिलो संस्करणमा पोखरा प्ले-अफका लागि छनोट भएको थिएन् ।

४. पोखरा यो संस्करणमा लयमा रहेको छ । पछिल्ला तीन खेलमा अपराजित छ । त्यसमा दुई जित र एक बराबरी नतिजा निकालेको थियो ।

५. धनगढी लिग चरणको अंक तालिकामा दोस्रो स्थानमा रहेको थियो र यससँगै पहिलो क्वालिफायरको लागि योग्य भएको हो ।

६. धनगढीको यो दोस्रो प्ले-अफको खेल हो । उसले दोस्रोपल्ट पहिलो क्वालिफायर पनि खेल्दैछ । वर्ष ०७८ मा पनि धनगढीले पहिलो क्वालिफायर खेलेको थियो र त्यसमा विजयी रहेर फाइनल प्रवेश गरेको थियो ।

७. धनगढीले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन् । यी तीन खेलमा दुई बराबरी र एक खेलमा पराजित भयो ।

८. पोखरा र धनगढी पहिलोपल्ट प्ले–अफमा भिड्दै छन् । लिग चरणमा यी दुई टिमबीच अहिलेसम्म दुई खेल भएको छ । त्यसमध्ये वर्ष ०७८ मा धनगढीले पोखरालाई १–० ले हराएको थियो । यसपल्ट भने दुई टिमबीचको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?