+
+

हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १२:३६

काठमाडौं । सुम्निमा-पारुहाङको प्रतिमा स्थापना गर्न धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् ।

काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरे ।

उनले उक्त अभियानमा जनही १-१ लाख रुपैयाँ दिने बचन दिए । अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा थिए ।

सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास दयाहाङले ब्यक्त गरे । ‘किराँती दर्शनलाई हामीले जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङको भनाई छ ।

धरानका मेयर साम्पाङले कलाकारको साथ पाउँदा आफूले भाग्यमानी महसुस गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?