+
+

हर्क साम्पाङले प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश 

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १९:१७

५ माघ, विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले ताला खोल्न आदेश दिएको अदालतका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

राजनीति गरेको भन्दै उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा साम्पाङले माघ १ गते तालाबन्दी गरेका थिए । स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेर उनले समस्या सामधानका लागि उपकूलपतिलाई भिकाइदिन आग्रह गरेका थिए ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?