+
+

किन धमाधम कलाकार भेट्दैछन् हर्क साम्पाङ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १७:१२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ संगीतमा पनि विशेष रुचि राख्छन् । टिकटक लाइभमा आएर गितार बजाउँछन् र गीत गाउँछन् । संगीतप्रतिको अभिरुचि त भइहाल्यो, पछिल्लो समय उनले धमाधम फिल्म र संगीतकर्मीलाई भेटिरहेका छन् ।

पछिल्लो साता उनले सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाका लागि भन्दै नाम चलेका कलाकारलाई काठमाडौंमा भेटे । दयाहाङ राई, राजेशपायल राई, शान्तिराम राई, सत्यकला राई, एलिशा राईलाई भेटेर उनले अभियानमा सघाउन आग्रह गरे । यीमध्ये केही कलाकारले एक लाख रुपैयाँ सघाउने वचन पनि दिए ।

बुधबार मात्रै साम्पाङले धरानमा निर्माण हुन लागेको फिल्म ‘खजुरे ब्रो’को टिमलाई भेटे अनि स्क्रिप्ट सुने । फिल्मको स्क्रिप्ट सुनेर उनी मज्जाले हाँसेको निर्देशक सुरज सुनुवारले बताए । यो फिल्मको पोस्ट–प्रोडक्सन कार्य पनि यतिबेला धरानमा चलिरहेको छ ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिटले धरानमै छायांकन गर्ने तयारी गरेको छ । कमेडी जनरामा बन्ने यो फिल्मको छायांकन माघ पहिलो सातादेखि गर्ने तयारी छ ।

मेयर साम्पाङसँगको भेटबारे फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेतीले कुरा गरे । साम्पाङले ’खजुरे ब्रो’ को कथा सुनेर मज्जाले हाँसेको कार्यकारी निर्माता उप्रेतीको भनाइ छ । उनले धरानमा फिल्म छायांकनका लागि साथ रहने वचन फिल्म टोलीलाई दिएका छन् ।

साम्पाङले फिल्मको टोलीसँग छायांकनबारे कुरा गरेका थिए । उपमहानगरले छायांकनमा सघाउने आश्वासन साम्पाङले दिए । यो फिल्मको छायांकन इटहरी, धरान, दार्जिलिङ र काठमाडौंमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?