+
+

हर्क साम्पाङले विद्यार्थीलाई श्रमदानमा बोलाए

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १९:२६

९ फागुन, धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राईले एक विद्यालयलाई पत्र लेख्दै शनिबार श्रमदान गर्न भनेका छन् ।

धरान १५ को शिक्षा सदन माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई श्रमदानमा सहभागी गराउन मेयर राईले पत्र पठाएका हुन् ।

श्रमदानमा अध्ययन, अवलोकन र सहभागिता मार्फत विद्यार्थीहरुलाई पनि श्रम संस्कृति र श्रमदानको बारेमा प्रत्यक्ष अनुभूति गराउन ३ चैत शनिबारको दिन विद्यार्थी र शिक्षकहरुलाई समेत श्रमदान पठाउन आग्रह गर्दै उनले पत्र लेखका छन् ।

मेयर साम्पाङले लेखेको पत्र अनुसार बिहान ८ बजेदेखि विद्यार्थीहरुलाई श्रमदानमा सहभागी गराउनुपर्ने छ । मेयर राईले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार धरान उपमहानगरपालिकामा श्रमदान शिक्षा प्रणाली सुरु गरिएको हो ।

गत शनिबार धरानको शिक्षा निकेतन माविलाई राई श्रमदानमा लगाएको उनले सामाजिक सञ्जालबाट नै जानकारी दिएका थिए ।

धरान उपमहानगरका नगर शिक्षा अधिकारी गणेशप्रसाद खतिवडाका अनुसार मेयर राईले हरेक शनिबार छुट्टाछुट्टै विद्यालयका विद्यार्थी कक्षा ८ देखि १२ सम्मलाई श्रमदानको महत्व बुझाउन बोलाउन थालेका छन् ।

उनले भने, ‘मेयर ज्यूले श्रमदानको महत्व बुझाउन बोलाउन थाल्नुभएको छ । हरेक शनिबार बोलाउने भन्ने कुरा छ । विस्तृत मेयर ज्यूसँगै कुरा गर्नुहोला ।’

धरान उपमहानगरपालिकाले सञ्चालन गर्ने कक्षा १–९ को परीक्षा भने १ चैतबाट हुने समय तालिको छ । नगर शिक्षा अधिकारी खतिवडाका अनुसार धरान उपमहानगरपालिकाभित्र करिब ८० वटा माध्यामिक तहका विद्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?