+
+

महिला क्रिकेटमा मधेशको पहिलो जित, गण्डकीको तेस्रो हार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १३:३४

९ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित हात पारेको हो ।

मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अलआउट भएको हो ।

गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । उनले ३३ बलमा ६ चौका प्रहार गरेकी हुन् । सृष्टि जैशीले ३४ बलमा १ चौकासहति १५ रन बनाइन् भने अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेशका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सरस्वती कुमारी चौधरी, कविता गौतम र साक्षी यादवले १/१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । मधेशका लागि ओपनर पुजा महतोले सर्वाधिक ३८ रन बनाइन् । उनले ४३ बलमा ५ चौका प्रहार गरिन् ।

सरस्वती कुमारी चौधरीले २६ रन बनाइन् भने प्रतिमा साहले १० रन बनाइन् । मधेशले २२ रन अतिरिक्त पाएको थियो ।

गण्डकीको लागि सुमन खतिवडाले सर्वाधिक ३ विकेट लिइन् । कुसुम गोदारले १ र सृष्टि जैशीले १/१ विकेट लिए ।

चौथो चरणको यो खेलसँगै गण्डकी र मधेशको खातामा १/१ जित सहित समान २ अंक छ । नेट रन रेटका आधारमा गण्डकी छैटौं स्थानमा छ भने मधेश रनरेटका आधारमा सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?