+
+

अब मंगलदेखि चन्द्रमासम्म फोन गर्न सक्नेछन् अन्तरिक्षयात्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १२:४५

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इन-अर्बिट लेजर रिले सिस्टमसँग आफ्नो पहिलो लेजर लिंक पूरा गरेको छ । यसलाई अन्तरीक्ष सञ्चार प्रविधिमा एक महत्वपूर्ण प्रगति मानिएको छ ।

नासाले गत डिसेम्बर ५ मा विभिन्न कक्षहरुमा लेजर टर्मिनलहरुको बीचमा दोहोरो लेजर कम्युनिकेसनको सफल प्रदर्शन गरेको छ ।

यसले पृथ्वी र चन्द्रमा तथा त्यसभन्दा पनि अधिक दूरीको बीचमा तीव्र गतिमा सञ्चारका लागि महत्वपूर्ण आधार प्रदान गरेको छ । यो प्रयोगलाई सफल बनाउनका लागि नासालाई धेरै वर्ष लागेको थियो ।

इन्टिग्रेटेड एलसीआरडी लो अर्थ अर्बिट युजर मोडेम तथा एम्प्लिफायर टर्मिनल (ILLUMA-T) पे लोडलाई गत नोभेम्बर ९ मा नासाको २९औं कमर्सियल रि सप्लाई सर्भिस मिसनको हिस्साको रुपमा स्पेस एक्स फाल्कन ९ रकेटका माध्यमबाट अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुर्‍याइएको थियो ।

जापानी एक्सपेरिमेन्ट मोड्युल एक्सपोज्ड फेसिलिटीमा स्थापित भएसँगै इन्जिनियरहरुले ILLUMA-T ले काम गर्ने कुरा सुनिश्चित गर्नका लागि परीक्षण गरे । त्यसपछि नासाको लेजर कम्युनिकेसन्स रिले डेमोन्स्ट्रेसन स्याटेलाइटसँग सञ्चार गर्नका लागि ILLUMA-T को प्रयोग गरिएको थियो । त्यो स्याटेलाइट २०२१ को नोभेम्बरमा प्रक्षेपण गरिएको थियो र त्यसयता यो पृथ्वीको स्याटेलाइट जियोस्टेशनरी कक्षमा घुमिरहेको छ ।

अन्तराष्ट्रिय स्पेस स्टेशनले पृथ्वीभन्दा करिब २३० देखि २७५ माइल माथिबाट पृथ्वीको परिक्रमा गरिरहेको छ ।

एलसिआरडीले चाहिं भूमध्यरेखाबाट २२ हजार २३६ माइल माथि परिक्रमा गरिरहेको छ । दुईबीचको यो ठूलो अन्तर लेजर कम्युनिकेसनको परीक्षणका लागि उपयुक्त छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?