+
+

यी हुन् यसवर्ष लञ्च भएका ह्वाट्सएपका गज्जबका फिचर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १३:१४

मेटा मातहतको मेसेजिंग एप ह्वाट्सएपको लोकप्रियता जगजाहेरै छ । विश्वमा ह्वाट्सएपका प्रयोगकर्ताको संख्या करिब ३ अर्ब हुनुले नै यसको पुष्टि गर्दछ ।

प्लाटर्फमको लोकप्रियतासँगै ह्वाट्सएपले प्रयोगकर्ताका लागि लगातार नयाँ फिचर्स तथा सुविधाहरु थप गर्ने गरेको छ ।

यो वर्ष सन् २०२३ मा पनि ह्वाट्सएपले विभिन्न गज्जबका नयाँ फिचर ल्याएको छ । जसमध्ये मुख्य फिचरहरु यी हुन् :

सेक्रेट कोड फिचर

ह्वाट्सएपको सेक्रेट कोड फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्ना लक गरिएको च्याटलाई अझै धेरै सुरक्षित बनाउन सक्दछन् ।

लक्ड च्याट खोल्नका लागि चार अंकको कोड हाल्नु पर्दछ । त्यो विशेष कोड केवल सम्बन्धित ह्वाट्सएप अकाउन्टवालालाई मात्र प्राप्त हुन्छ । जसका कारण तपाईंका अलावा दोस्रो व्यक्तिले तपाइाको ह्वाट्सएपका च्याट खोल्न सक्दैन ।

च्याट लकबाट गोप्य च्याट लुकाउनुहोस्

ह्वाट्सएपमा केही व्यक्तिगत तथा गोप्य च्याट पनि हुन्छन् जसलाई हामी प्रायः अन्य व्यक्तिबाट लुकाउन चाहन्छौं । यसका लागि तपाईंले कुनै पनि च्याटलाई लक गर्न सक्नुहुन्छ । त्यसपछि पासकोड, फेस अथेन्टिकेसन, फिंगरपि्रन्ट आदिबाट मात्रै त्यसलाई खोल्न सकिन्छ ।

पिन मेसेज फिचर

ह्वाट्सएपमा कुनै पनि एउटा च्याट वा ग्रुपलाई पिन गर्ने विकल्प उपलब्ध छ । यसको मद्दतले च्याटलाई सबैभन्दा माथि ल्याउनका लागि पिन गर्न सकिन्छ ।

ह्वाट्सएपको मिन मेसेज फिचरको सहयोगमा प्रयोगकर्ताले आफ्ना कुनै मेसेज, फोटो तथा भिडियो पिन गर्न सक्नुहुन्छ ।

इडिट मेसेजको अप्सन

ह्वाट्सएपले यो वर्ष मेसेज सम्पादन गर्ने फिचर पनि जारी गरेको छ जुन निकै खास छ । कहिलेकाही कसैलाई पठाएका मेसेजमा पनि केही त्रुटि भएको हुनसक्छ । यस्तोमा प्रयोगकर्ताले सजिलैसाग त्यो प्रेषित मेसेज सच्चाउन सक्दछन् । यो ग्रुप तथा व्यक्तिगत च्याटमा पनि उपलब्ध छ ।

एचडी मेसेज पठाउनुस्

ह्वाट्सएपमा प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै एचडी तस्वीरको अपडेट जारी भैसकेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले तस्वीरको गुणस्तर कम नगरिकनै High Definition  तस्वीर पठाउन सक्दछन् ।

नचिनेका फोन कललाई चुप लगाउने

ह्वाट्सएपमा विभिन्न अज्ञात नम्बरहरुबाट पनि कल आउँछन् र कतिपय त्यस्ता कदहरु साइबर ठगहरुले समेत प्रयोग गरेका हुन्छन् । त्यसैले साइबर ठगीबाट बााच्न तथा त्यस्ता अज्ञात फोनकलहरुले दिने दिक्दारीबाट ढुक्क हुनका लागि ह्वाट्सएपले Silence Unknown Calls फिचर ल्याएको छ ।

ह्वाट्सएप च्यानल फिचर

ह्वाट्सएपले यही वर्ष च्यानल्स फिचर पनि जारी गरेको छ, जुन निकै चर्चामा छ । यसको सहयोगमा कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो च्यानल तयार गर्नसक्छ । त्यसपछि उसको विवरण देख्ने मानिसले उसलाई फलो गर्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?