+
+

रोजगार, अध्ययन र शान्ति मिसनमा विदेश जाने नेपालीले अब तीन दिनभित्र लाइसेन्स पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १४:२८

११ पुस, काठमाडौं । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने भएको छ ।

निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ ।

तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ ।

निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्ने समेत सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?