+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रतिगामीहरुले टाउको उठाउँदैछन्, जनता असन्तुष्ट छन् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १५:२६

११ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी शक्तिहरुको चलखेल बढेको बताएका छन् ।

आजदेखि सुरु भएको सातौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले देशभित्र र बाहिर भइरहेको प्रतिगामी गतिविधिबारे अरु दलमा पनि चिन्ता रहेको बताए ।

‘चिन्ता हामीलाई मात्रै छैन, नेकपा माओवादीभित्र छ, जनता समाजवादी र विप्लवमा पनि छ’, अध्यक्ष नेपालले भने । तर मुलुकको स्वाधीनता, स्वतन्त्रताबारे समाजवादी मोर्चामा छलफल सुरु भएको उनले बताए ।

‘जनतामा निराश छ, पार्टीहरुप्रति नै असन्तोष छ । कारण खौजौ’ अध्यक्ष नेपालले भने । जनताबाट टाढा हुँदा नै दलहरुप्रति निराशा बढेको पनि अध्यक्ष नेपालले बताए । ‘जनताबाट टाढा भएपछि अस्वीकार गर्छ, भोटबाट’, नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?