+
+

झलनाथको प्रस्ताव : कम्युनिष्टलाई धुलोपिठो बनाउने योजना हुँदैछ, वाम एकताको पहल गरौं

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १५:४७

११ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकताको पहल नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका छन् ।

आजबाट सुरु भएको सातौं केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पश्चिमा शक्तिले नेपालका कम्युनिष्टहरुलाई सिध्याउने योजना बुनिरहेको बताए । ‘साम्राज्यवादी शक्ति नेपालको कम्युनिष्ट सिध्याउन लागेका छन् । वामपन्थीहरुलाई मिल्न नदिने र आउने चुनावमै ढिलोपिठो बनाउने योजना हुँदैछ’ खनालले भनेका छन् ।

पश्चिमा शक्ति कम्युनिष्ट सिध्याउन लागेकाले एकीकृत समाजवादीले वाम एकताको पहल गर्नुपर्ने प्रस्ताव खनालले बैठकमा राखेका छन् ।

‘नयाँ खालको पहलकदमी चाहिएको छ, त्यो हाम्रै पार्टीले गर्नुपर्छ’, खनालले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?