+
+

गीतकार डीपी खनालको जीवनरक्षामा सघाउन गीतकार संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १३:२३

काठमाडौं । गीतकार संघ नेपालले गीतकार डीपी खनालको जीवनरक्षाको लागि आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै संस्थाले स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक र संगीतप्रेमीलाई आर्थिक सहयोगका लागि अपील गरेको हो ।

खनाल डेढ महिनादेखि पाटन अस्पतालमा उपचाररत छन् । कात्तिक ३० मा स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन् । उपचारका क्रममा उनको फोक्सो तथा ढाडमा रगतका साथै पिप जमेको पाइएको थियो ।

त्यस्तो हुनुको कारण यकिन नभएको र कति समयसम्म उपचार गर्नुपर्ने टुंगो पनि नभएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । उपचारमा ठूलो धनराशि खर्च भइसकेको र खर्चको अभाव हुँदै गएको जानकारी प्राप्त भएको संघले जनाएको छ ।

अध्यक्ष बसन्त वित्यासी थापा, सल्लाहकार राजेन्द्र थापा, उपाध्यक्ष रमेश कोइराला, महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडासहितको समूहले अस्पतालमा पुगेर खनाललाई भेटेको थियो । साथै, नगद २५ हजार रुपैयाँ समेत सहयोग गरेको छ ।

इच्छुकले गीतकार संघ नेपालको नाममा एभरेस्ट बैंकमा रहेको खाता नम्बर ००१००१०५२००८४७ मा रकम जम्मा गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?