+
+

गण्डकीबाट राष्ट्रियसभामा आकांक्षी तारानाथ रानाभाटदेखि खुमा अर्यालसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १३:३६

१२ पुस, काठमाडौं । ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीबाट नेपाली कांग्रेसका १६८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । गण्डकी प्रदेश समितिले प्रदेशभरका ११ जिल्लाबाट नाम संकलन गरी १६८ जना आकांक्षीको नाम केन्द्रीय कार्यालयमा पठाएको सभापति शुक्रराज शर्माले जानकारी दिए ।

राष्ट्रियसभा उम्मेदवार बन्न आकांक्षा राख्नेमा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री गोपालमान श्रेष्ठ, मेडिकल शिक्षा व्यवसायी खुमा अर्याललगायत छन् ।

कास्कीबाट अन्य क्लस्टरमा पूर्वसभामुख तथा कांग्रेसका पूर्वमहामन्त्री रानाभाट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पूर्वमन्त्री यज्ञबहादुर थापा, आइबहादुर गुरूङ,  शुक्रराज शर्मासहित ३१ जना छन् । महिला क्लस्टरमा १० र अपांग क्लस्टरमा २ जनाको नाम सिफारिस भएको छ । प्रदेश समितिले पहिले १६७ जनाको नाम सिफारि गरेको थियो । तर पछि कास्कीका खम्बासिंह गुरुङको नाम छुट्टै सिफारिस गरेको छ ।

स्याङ्जामा पूर्वमन्त्री तथा उपसभापति गोपालमान श्रेष्ठ, खगेन्द्रराज रेग्मी, मेडिकल शिक्षा व्यवसायी खुमा अर्यालको नाम सिफारिस भएको छ । तनहुँबाट रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, रघु पौडेललगायतको नाम सिफारिस भएको छ । गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली अपांग क्लस्टरमा नवलपुरबाट सिसारिस भएका छन् ।

मुस्ताङबाट पूर्वमन्त्री रोमी गौचन थकाली पनि राष्ट्रिय सभा छिर्ने दाउमा छन् ।

हेर्नुहोस्, गण्डकीबाट सिफारिस भएका नाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?