+
+

चोरीको आरोपमा गुल्मीमा १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १६:१४

१२ पुस, गुल्मी । गुल्मीका विभिन्न ठाउँमा चोरी गरेको आरोप एकै पटक १२ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

चोरीको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालले गुल्मीले सार्वजनिक गरेको हो ।

ग्रामीण भेगमा विभिन्न गाउँमा चोरीका घटनाहरु भएको भन्दै नागरिकहरु त्रसित भएका थिए । तर चोरी गर्नेहरु पत्ता लागेका थिएनन् ।

तर पछिल्लो समय जिल्ला प्रहरी कार्यालय गुल्मीले गाउँगाउँमा चोरी गर्ने अभियुक्तालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताए ।

चोरी आरोपमा पक्राउ परेकाहरु सबैलाई चोरी तथा डाँका सम्बन्धी कसुर (चोरी) शिर्षकमा मुद्दा दर्ता गरि गुल्मी अदालतबाट म्याद थप गरि अनुसन्धान भएर सरकारी वकील कार्यालय मार्फत गुल्मी अदालतमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?