+
+
Shares

नेपथ्यले ल्यायो नयाँ गीत ‘पचासै वर्षमा’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १२:०७

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक गरेको छ । ब्याण्डको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा आफूले बाँचेको यस कालखण्डको छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

गीतले भन्छ–

पचासै वर्षमा जुग कहाँ पुग्यो नि

गाह्रै भो इमानको मान्छे भेटिन

सामाजिक विसंगतिमाथि कटाक्ष गरिएको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छ’ भनेर आशा पनि दर्शाएको छ ।

यो गीतको प्रसंग झन्डै छ वर्षअघि सुरु भएको नेपथ्यका मुख्य गायक अमृत गुरुङ सुनाउँछन् । ‘म पचास वर्ष पुगेको बेला तनहुँका अनिल अधिकारीले मलाई एउटा गीत सुनाए । त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो,’ उनी भन्छन्, ‘त्यस परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैंले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ । केही वर्षसम्मै लगाएर परिमार्जन गरेपछि गीत यस रूपमा उभिएको हो ।’

आफ्ना सिर्जनामा नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यस गीतको बीचमा मन्त्रपाठको भावना पनि समेटेका छन् ।

गीतलाई ब्यान्ड व्यवस्थापन गर्दै आएको नेपालयकै कालिकास्थानस्थित स्टुडियोमा गरिएको हो । गीतको भिडियो नवीन जोशीले तयार पारेका हुन् ।

‘पचासै वर्षमा’को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ । डब्बा आकारको ब्ल्याक ह्वाइट टीभी, एलसीडी, एलईडी हुँदै स्मार्ट टीभी र हातहातमा मोबाइलमा गीत हेरिने अहिलेको समयसम्ममको चित्रण भिडियोमा गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?