+
+

सडकका अनाधिकृत होडिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय भरतपुरले दियो ७ दिने अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १३:२६
फाइल तस्वीर

१३ पुस, काठमाडौं । सडकका अनाधिकृत होडिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय भरतपुरले ७ दिने अल्टिमेटम दिएको छ ।

डिभिजन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आफ्नो सीमा भित्रको होडिङ बोर्ड हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।

यस डिभिजनले हेर्ने नारायणगढ–मुग्लिन, लोथर–टिकौली–पुलचोक, हाकिम चोक–जगतपुर–माडी, भरतपुर–रामपुर–मेघौली, आपटारी–देवघाट, टाँडी–सौराहा सडक खण्डमा राखिएका अनाधिकृत बोर्डिङ बोर्ड ७ दिन भित्र हटाउनु पर्नेछ । सो समयमा नहटाए आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?