+
+

बेतन कर्णालीको प्रबन्ध निर्देशक बने कृष्ण आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते २०:३७

१३ पुस, काठमाडौं । कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्त भएका छन् । कोषसमेतको लगानीमा निर्माण हुँदै गरेको ४३९ मेगावाटको जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी उनले पाएका हुन् ।

पुस ४ गते बसेको कम्पनीको साधारणसभाले आचार्यलाई प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको थियो । उनले शुक्रबार पदभार ग्रहण गरी कार्यभार सम्हालेका छन् । करिब एक वर्षदेखि रिक्त रहेको प्रबन्ध निर्देशक पदमा आचार्यलाई आगामी ४ बर्षका लागि नियुक्त गरिएको हो ।

पेशाले चाटर्ड एकाउन्टेन्ट आचार्य नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्वअध्यक्षसमेत हुन् । आचार्यले सञ्‍चयकोषको प्रशासकको जिम्मेवारीमा रहँदा यो कम्पनी स्थापनाको प्रक्रिया सुरु गरेका थिए ।

यो आयोजनाको अध्ययनको काम सकिएर अहिले पूर्व तयारीको काम भइरहेको छ । आयोजनामा कर्मचारी सन्चय कोष, नेपाल बिद्युत प्राधिकरण र एचाआइडीसीएलको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?