+
+

‘पर्खि बसेँ तिमीलाई’ले एक शोको आम्दानी हर्क साम्पाङको अभियानलाई दिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते २१:०१

काठमाडौं । फिल्म ‘पर्खि बसेँ तिमीलाई’ले प्रदर्शनबाट उठेको निश्चित रकम सुम्निमा-पारुहाङको प्रतिमा निर्माणमा योगदान गर्ने भएको छ । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई भेटेर फिल्मको टोलीले उक्त प्रतिबद्धता जनाएको हो ।

धरानका स्थानीय समेत रहेका निर्देशक दीपक श्रेष्ठले शुक्रबार मेयर साम्पाङलाई भेटेर फिल्मले सघाउन लागेको जानकारी गराएका थिए । मेयर साम्पाङले सामाजिक संजालबाट पनि उक्त कुरा उल्लेख गर्दै फिल्मलाई सफलताको शुभकामना दिएका छन् ।

साम्पाङ फेसबुकमा लेख्छन्- पर्खि बसें तिमीलाई नामको चलचित्रले सुम्निमा पारुहाङ प्रतिमा निर्माणमा एक शो बराबरको रकम सहयोग गर्ने भएको छ ! निर्माता श्री दीपक श्रेष्ठ (धराने)लाई हार्दिक बधाई तथा शुभकामना ! सबैले फिल्म हेरेर नेपाली उत्पादनलाई बढावा दिऔँ !’

निर्देशक श्रेष्ठले फिल्ममार्फत दर्शकलाई हलमा मनोरञ्जन दिनेसँगै सामाजिक कार्यमा समेत सहभागिता जनाउन लागेको बताए । ‘हाम्रो दायित्व हामीले पूरा गर्दैछौ । हामीले फिल्ममार्फत पनि सन्देश दिएका छौँ । यो हामी सेलिब्रेटीको दायित्व पनि हो’, निर्देशक श्रेष्ठले भने ।

राजाराम बुढाथोकीको निर्माणमा तयार भएको फिल्ममा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?