+
+

कांग्रेसका मन्त्रीहरुसँग गगन थापाले मागे ८ महिनामा गरेको ८ काम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते २०:४८

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सरकारमा सहभागी भएको ८ महिनामा मन्त्रीहरुले गरेको ८ वटा सकारात्मक कामको सूची मागेका छन् ।

शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको ८ वटा कामको सूची मागेका हुन् । ‘अनि तपाईंको ती कामको प्रचार काङ्ग्रेसका तमाम सदस्यले गर्नेछन्’ उनले भने ।

त्यस्तै अब पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक बर्षसम्म रहँदा गर्ने कामको लक्ष्य निर्धारण गर्न पनि उनले मन्त्रीहरुलाई आग्रह गरेका छन् । ‘त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम नगरे मन्त्री फेरौं’, महामन्त्री थापाले भने, ‘अरु सबै दलसँग समय पनि छ, सुबिधा पनि छ अहिले भएन हामी आउँछौं र ठीक बनाउछौ भन्ने तर हामिले त्यो भन्न पाउदैनौं ।’

अरु पार्टीहरुले मिसन ८४ भन्न पाउने तर कांग्रेसले त्यसो भन्न नपाउने भन्दै उनले गुणस्तरीय र सर्वसुलभ शिक्षा, स्वास्थ्य र मर्यादित रोजगारीलाई कांग्रेसले मिसन बनाउनुपर्ने बताए । ‘अनि यी ४ बर्षमा यी कुरा पूरा गरौं, यसको आधारमा बल्ल जनतासामु जान पाइन्छ’, थापाले भने ।

महामन्त्री थापाले पार्टीमा छलफल नगरी सत्ता गठबन्धनको बैठकमा पार्टीको तर्फबाट निर्णय नगर्न सभापति शेरबहादुर देउवालाई खबरदारी गरेका छन् । उनले भने, ‘त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?