+
+

स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १५:१०

१५ पुस, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ । आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने उल्लेख छ ।

त्यस्तै दाबी व्यवस्थापन शाखा र सुचना प्रविधि शाखाका कर्मचारीले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग पनि गर्न पाउने छैनन् ।

स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजानिक धारणा राख्नु भन्दा पहिला यो विषय सँग सम्बन्धित पदाधिरीलाई जानकारी गराउनुपर्ने आचार संहितामा उल्लेख छ ।

यस्तै विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरीतका काम गर्न नहुने बोर्डले जनाएको छ । त्यस्तै सामाजिक सञ्जालमा सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरत्साहन गर्न र राष्ट्रहित विपरीतको कुनै टिप्पणी वा लाइक गर्न नपाइने छैन ।

औपचारिक बैठकहरु निर्धारित समयमै सुरु गर्ने र अन्त्य गर्ने, औपचारिक कार्यक्रममा उदघाटन र समापनको समयसीमा आधा घण्टाको हुने, बैठकको समय एक घण्टा कायम गर्ने, जुनसुकै फाइलको पनि तीन दिनमा निर्णय दिने, निर्णय दिन नसक्ने भए कारण सहित बीमा बोर्ड अध्यक्ष र सदस्यहरुलाई सूचना दिने, आचारसंहिता पालना भए नभएको अनुगमनको व्यवस्था बीमा बोर्डले गर्ने विषय आचार संहितमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?