+
+

गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किबी खेती

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १७:५८

१५ पुस, गुल्मी । गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङगा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसानहरु यसतर्फ आर्कषित भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।प्रति केजी २ सय पचास देखी ३ सय रुपियाँसम्म कृषकले किबी बिक्री गर्ने गरेको भण्डारीले बताए ।

४८ हेक्टर क्षेत्रफलमा लगाइको मध्ये २० हेक्टरमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा २०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ ।

जिल्लामा उत्पादन भएको किबी बिक्रीका लागि बजारीकरणको समस्या छैन् । समुद्री सतहदेखि १ हजार २ सय मिटर भन्दा माथी किवी खेती हुने गर्दछ । जिल्लामा १ हजार २ सय मिटर माथीका भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायत जिल्लाका १२ वटै स्थानीयतहमा खेती गर्न योग्य स्थान छन् । कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा किबी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ ।

किवी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुँने गर्दछ । यसवर्ष किबी बिशेष कार्यक्रम भनेर कालीगण्डकी गाउँपालिका वडानम्बर १ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमूना किवी खेती बिस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र गुल्मीले २८ लाख रुपियाँ विनीयोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?