+
+

बाँकेको नौबस्तास्थित बालसुधार गृहमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते ८:२३

१६ पुस, काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका-६ नौबस्तास्थित जयेन्दु बाल सुधार गृहमा फेरि तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।

हिजो दिउँसो तीन-चार बजेदेखि तनाव सुरु भएको थियो । ‘बालसुधार गृहमा राखिएकाहरु आफू-आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले भने, ‘स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।’

घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् । उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन ।

बाल सुधार गृहमा सिभिलमा खटिएका प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि नेपालगञ्जबाट थप प्रहरी टोली गएका थिए । तर प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन सकेको छैन । यद्यपि अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रशासनले जनाएको छ ।

गए राति मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयका प्रतिनिधि,  प्रमुख जिल्ला अधिकारीसहितको टोली सुधारगृह पुगेर फर्किएको थियो ।

यसअघि पनि बाँकेको जयेन्दु बालसुधार गृहमा झडप, आगजनी र तोडफोडका घटना भएका थिए । सो घटनामा परी रुपन्देहीका २१ वर्षीय युवकको ज्यान समेत गएको थियो भने एक दर्जन बढी घाइते भएका थिए । भक्तपुर र वीरगञ्जका बालसुधार गृहमा पनि तनाव सिर्जना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?