+
+

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न कांग्रेस-माओवादी छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १०:४५

१७ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् ।

छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । चुनावको मिति नजिकिएसँग सत्ता साझेदार दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?