+
+

पामेमा दुई नेपाली फिल्म उत्कृष्ट, तीन कथालाई अनुदान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १६:१७

काठमाडौं । सातौं अन्तर्राष्ट्रिय पामे फिल्म फेस्टिभल पोखरामा सम्पन्न भएको छ । फेस्टिभलमा दुई नेपाली फिल्मले अवार्ड प्राप्त गरे । लघु डकुमेन्ट्री विधामा सुभांगी खड्काको ‘एज अफ लर्निङ’ र स्टुडेन्ट फिल्मतर्फ अतिन श्रेष्ठको ‘मखमली उडान’ उत्कृष्ट भए ।

फिचर फिक्सनतर्फ ‘सेभेन रिजेज’ले अवार्ड जित्यो । उत्कृष्ट डकुमेन्ट्री फिचर विधामा ‘कल्स फ्रम मस्को’ उत्कृष्ट बन्यो । लघु फिक्सन विधामा ‘अल्वेज अन्टिल भिक्ट्री’ले अवार्ड जित्यो । तीन कथाले महोत्सवमा लुघ फिल्म निर्माणका लागि अनुदान प्राप्त गरेका छन् ।

सरिता शाहको ‘पुतला’, सुरेश मुखियाको ‘सरस्वती पूजा’ र गोपाल थापाको ‘ग्याल्बो’ले उत्कृष्ट कथाबापत अनुदान प्राप्त गरे । पुस ११ देखि १५ सम्म पोखरामा फेस्टिभल आयोजना भएको हो ।

फेस्टिभल प्रमुख प्रवीण टक्की काकीले यसपटकको संस्करणले आगामी वर्षका लागि थप उत्साह प्रदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?